काठमाडौं । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय तथा टोखा नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित ‘बागमती प्रदेशस्तरीय जुनियर आईटीएफ तेक्वान्दो प्रतियोगिता’ को उपाधि काभ्रे जिल्लाले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा ११ वटा जिल्लाका २५० भन्दा बढी खेलाडीहरू र ४० जनाभन्दा बढी राष्ट्रियस्तरका रेफ्रीहरूले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलले गरेका थिए भने समापन समारोह टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
त्यसैगरी विशेष अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, शेरबहादुर बिसी रहेका थिए । साथै, अतिथि वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको उपस्थितिमा विजयी खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितारण भएको थियो ।प्रतियोगिताको नतिजामा काभ्रेपलाञ्चोक प्रथम स्थानमा रह्यो भने काठमाडौंले दोस्रो र ललितपुर तेस्रो स्थानमा रहेको थियो ।
कार्यक्रम सञ्चालनमा टोखा नगरपालिकाका वडा सदस्य, काठमाडौं जिल्ला तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष सरोज ठकुरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव रितिज पुरी, कोषाध्यक्ष डेविट घले तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकका तर्फबाट प्रतियोगिता आयोजक व्यवस्थापक संयोजक एवं धपासी आइटीएफ डोजाङका प्रमुख प्रशिक्षक कर्साङ दोर्जे स्याङ्बा तामाङले सबै सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिक्रिया