गोकर्णेश्वरमा लोक सञ्चारकर्मी नेपालको रक्तदान सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १६औँ स्थापना दिवसको अवसरमा बृहत रक्तदान सम्पन्न भएको छ । यही माघ २० गते आइतबार स्थापना दिवस मनाइने भएकाले १९ गते शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको र २६ जनाले रक्तदान गरेको संस्थाका प्रवक्ता शिखर श्रेष्ठले जानकारी दिए ।

लोक सञ्चारकर्मीहरुको हकहित र लोक, कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा काम गर्दै आएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको २०६५ माघ २० गते स्थापना गरिएको थियो । यस वर्ष शनिबार संस्थाको १६औँ स्थापना दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका– ५ को परिसरमा आयोजना गरिएको उनले बताए ।

सो समारोहमा कलाकार, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, कृषक, सामाजिक अभियन्तालगायत २६ जनाले रक्तदान गरेका छन् । कार्यक्रम आयोजनामा गोकर्णेश्वर नगरपालिका, वडा नं ५ वडा कार्यलयको सहयोग तथा नेपाल मेडिकल कलेज अन्तरगत रक्त सेवा विभागको प्राविधिक सहयोगमा गरेको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, वडाध्यक्ष एवम् नगर प्रवक्ता नारायण बहादुर सुवेदी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सल्लाहकार कृष्ण कँडेल, संस्थापक अध्यक्ष गोविन्द गिरी, निवर्तमान अध्यक्ष हरिबल्लभ नेपाल, नेपाल मेडिकल कलेज रक्त सेवा विभागका कार्यक्रम संयोजक सञ्जय आचार्यको विशेष उपस्थिति रहेको थियो ।

त्यस्तै, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति रामकृष्ण बराल, समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक संन्जेल, नयाबस्ती युबा क्लबका अध्यक्ष बिरेन्द्र राई, कोषाध्यक्ष रामचन्द्र दंगाल, पल्र्स एकाडेमीका अध्यक्ष केशब सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौ क्षेत्र न. ३ का सभापति उज्वल सापकोटा, योगदान रास्ट्रका लागि गोकर्णेश्वरका कृष्ण चौलागाईंको पनि सहभागिता रहेको थियो ।

रक्तदान, जीवनदान भन्ने नाराको साथमा आयोजित कार्यक्रममा आर एन्ड सि बिलड्र्सका प्रमुख यान प्रसाद अधिकारी, समाजसेवी दुर्गा सापकोटा, गोकर्णेश्वर च्याउ समूहका सचिब सिताराम घिमिरे, बागमती अभियन्ता सीता तिमल्सिना, सेलो नेटवर्ककी अध्यक्ष चाँदनी लामा, समाजसेबी शम्भु अधिकारी, राधिका सिलबाल, गायिका सन्जु न्यौपाने, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नेपाल मेडिकल कलेज रक्त सन्चार, रक्तदाताहरुको उपस्थिति रहेको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले जानकारी दिए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आफ्नो स्थापना दिवसको अवसरमा माघ २० गते बालुजा बाइसधारामा वनभोजसहित गोविन्द शर्मा स्मृति क्रियाशील सञ्चारकर्मी सम्मान वितरणको कार्यक्रम राखिएको छ । क्रियाशील सञ्चारकर्मी सम्मान वरिष्ठ सञ्चारकर्मी ओम भण्डारीलाई प्रदान गरिने अध्यक्ष चन्द्रमणी गौतमले जानकारी दिए ।

प्रतिक्रिया