लस एन्जलस । विश्व संगीतको सबैभन्दा ठुलो सांगीतिक अवार्ड ग्रामीकोे ६७आँै संस्करण आइतबार लस एन्जलसमा आयोजना हँुदै छ । संसारका हिपप, रक, पप र काउन्टी विधाका नाम चलेका स्टारहरूको आइतबार जमघट हुनेछ । सो जमघटमै विश्व संगीतका अग्रणी व्यक्तित्व बियोन्स र टेलर सिफ्ट पनि उपस्थित हुने भएका छन् । ग्रामी अवार्ड कार्यक्रममा कलाकार चार्ली, सब्रिना कार्पेन्टर, बेन्सन बुन, साकिरा र स्टिभ वन्डर लगायतले प्रस्तुति पनि दिनेछन् ।
बियोन्सले पछिल्लो समय रेकर्ड गराएको ‘काउब्वाइ कार्टर’ले यसपटक उत्कृष्ट एल्बमको अवार्ड पाउने सम्भावना प्रवल रहेको अधिकांश पश्चिमी सञ्चार माध्यमहरूले जनाएका छन् । सो एल्बमको मुकाविला बिली एल्विसको ‘हिट मि हार्ड एन्ड सिफ्ट’सँग छ । सोही एल्बमलाई सट्टेबाजहरूले धेरै प्राथमिकता दिएका छन् । चार्लीको ब्राटले परम्परागत पप शैलीको झझल्को दिएको छ । समीक्षकहरूले सन् २०२४ मा धेरै नै सराहना गरेको सो एल्बमले परम्परागत र पुरातनवादी मत पाउने अनुमान गरिएको छ ।
टेलर सिफ्टको ११औँ एल्बम पनि सन् २०२४ मा नै रिलिज भएको हो । उनको द ‘टर्चर्ड पोइट डिपार्टमेन्ट’ का कारण सिफ्ट चर्चामा रहेकी हुन् । यदि उनले सफलता पाए ग्रामीमा पाँचौँपटक ‘एल्बम अफ द इयर अवार्ड’ हात पार्न सफल हुनेछिन् ।
एकल गायनमा यसपटक पप संगीतकै चर्चा बढी छ । सब्रिना कार्पेन्टरको एस्प्रेसो, चार्लीको ‘३६० अप’, बियोन्सको ‘टेक्सस होल्ड एम’ र बिली एलिसको ‘बर्ड अफ र अ फादर’ चर्चामा छन् ।
ग्रामीको इतिहासमा विभिन्न विधामा पटकपटक गरेर ३२ अवार्ड जितेकी बियोन्सले अहिलेसम्म ‘एल्बम अफ द इयर’ अवार्ड जितेकी छैनन् । सन् २०२४ मा उनी पाँचाँैपटक उपविजेता भएकी थिइन् । गत वर्ष बियोन्सका ७ वटा गीतले सनसनी नै मच्चाएका थिए । उनको गीत अमेरिका मात्र होइन पाश्चात्य संगीतमा समेत लोकप्रिय थियो । यस वर्ष बियोन्सका गीत ११ विधामा मनोनयनमा परेका छन् ।
विश्व संगीतिक क्षेत्रकी स्थापित सुपरस्टार बियोन्सले सम्भवतः आइतबारको साँझ लस एन्जलसको क्रिप्टो एरेनामा हुने ८ घन्टा लामो कार्यक्रममार्फत् नयाँ उचाइ छुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया