एचपिभी खोप अभियानमा सहयोग गरिदिन नगर उपप्रमुख ठाकुरको आग्रह

पर्सा । जिल्लाको पोखरिया नगरपालिकामा यहि २२ माघदेखि सुरु हुने महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप अभियान शुक्रबार स्वास्थ्य कार्यालय पोखरियाले आयोजना गरेको पालिकास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मी र सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएका छन् ।

पोखरिया नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पोखरिया स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले २२ देखि २८ माघसम्म पालिकाको १० वडामा चल्ने अभियानमा करिब २ हजार ५०० जना बालिका र किशोरीहरूलाई एचपिभी खोप लगाइने जानकारी गराए । उक्त अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरूलाई एचपिभी खोप लगाइने बताए ।

२२ माघदेखि सञ्चालन हुने एचपिभी खोप अभियानलाई सफल बनाउन पोखरिया स्वास्थ्य शाखा सहसंयोजक शिव सिंह पटेलले बताए । अभियानका क्रममा कुनै पनि आग्रह पूर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरूले लक्षित उमेर समुदायका बालिका र किशोरीहरूलाई खोप लगाउन आग्रह पनि गरे ।

अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई काम गर्ने सहज वातावरण बनाइदिन पालिकाका जनप्रतिनिधि, शिक्षक, राजनीतिकर्मी, सञ्चारकर्मी, संघसंस्था, लगायतलाई आग्रह गरे । सहसंयोजक पटेलले भने एचपिभी खोपको कुनै पनि नकरात्मक असर नभएकाले ढुक्क भएर आआफ्ना छोरीहरूलाई उक्त खोप लगाउन नगरबासीसँग आग्रहसमेत गरे ।

पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक ४ जना महिलाहरूको मृत्यु हुने गरेको अभिमुखीकरणमा प्रकाश पा।ेका थिए । यो एचपिभी खोप अविवाहित बालिका र किशोरीहरूलाई लगाउने बताए । बालिका र किशोरीहरूलाई एचपिभी खोप लागि सकेपछि पाठेघरको क्यान्सर नहुने विश्वास रहेको पटेलले बताए । कार्यक्रमका प्रमुखअतिथि रहेकी पोखरिया नगर उपप्रमुख रुबी ठाकुरले एचपिभी खोप अभियानमा चारै तरफबाट सहयोग गरी सफल बनाउन आग्रहसमेत गरिन् ।

पोखरिया नगरभित्र रहेका बालिका र किशोरीहरूलाई र साथै बाहिरबाट आएका राउटे, इँटाभट्टालगायतको ठाउँहरूमा निगरानी गरी एचपिभी खोप दिलाउनमा सहयोग गरिदिन आग्रहसमेत गरिन् । अभिमुखीकरण कार्यक्रम स्वास्थ्य प्रमुख कौशलेन्द्र मिश्राको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण साह, नौसाद आलम, प्रमोद गिरी, केदार महतो, प्रमान्नद पटेल, महेन्द्र महतो, कार्यपालिका सदस्य रामबचन महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान् कुर्मी, नगरप्रहरी प्रमुख दिनेश चौहान, विद्यालयका शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया