दीपक बज्राचार्य गुञ्जिए कालिम्पोङमा

काठमाडौँ । गायक दीपक बज्राचार्यको रिदम ब्यान्ड, कुटुम्ब ब्यान्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भव्य सांगीतिक प्रस्तुति दिएका छन् । कालिम्पोङ नगरपालिकाको आयोजनामा गत मंगलबारदेखि चलेको ३ दिने ‘कालिम्पोङ म्युनिसिपालिटी फेस्ट २०२५’मा पहिलो दिन कुटुम्ब ब्यान्ड, दोस्रो दिन दीपक बज्राचार्यको रिदम ब्यान्ड र तेस्रो दिन गायिका तृष्णा गुरुङले सांगीतिक प्रस्तुति दिएका हुन् ।

दीपक बज्राचार्यको प्रस्तुति बुधबार रहेको थियो । कन्सर्टमा अहिलेसम्मकै धेरै दर्शक सहभागी भएको आयोजकले जनाएका छन् । गायक दीपक बज्राचार्य र उनको टिमले करिब २ घण्टासम्म आफ्ना ‘मायाको डोरी’, ‘ओ अमिरा’, ‘काली काली’ ‘कसले देला धन’ लगायत करिब डेढ दर्जन नयाँ र पुराना गीतमार्फत दर्शकलाई नचाएका थिए । पश्चिम बंगालका नेपालीभाषी क्षेत्रमा सन् १९९१ देखि अहिलेसम्म गायक बज्राचार्यले करिब १५ पटक सांगीतिक प्रस्तुति दिइसकेका छन् । त्यस्तै मंगलबारको नेपाली लोक वाद्य ब्यान्ड कुटुम्ब र बिहीबारको गायिका तृष्णा गुरुङको कार्यक्रममा पनि त्यतिकै दर्शकले मेला अवलोकन र सांगीतिक प्रस्तुतिमा झुमेका थिए ।

प्रतिक्रिया