काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा दुई तिहाइ बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा भएको निष्कर्ष निकालेको छ ।
सोमबार (आज) बसेको पार्टीको सचिवालयको बैठकले विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्यअनुरुप कुनै पनि नतिजा देखाउन नसकेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
उनले भनिन्, ‘संसदको आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँच वटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै ती अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण(दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ ।’
बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली २०८१ को संशोधन प्रस्ताव, संगठन विभाग नियमावली २०८१ र निर्वाचन आयोगको नियमावली २०८१ पारित गरेको उनले बताइन् ।
केन्द्रीय सचिवालय सदस्यरपदाधिकारीहरुको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने र संवाद कार्यक्रममा उपयुक्तताअनुसार केन्द्रीय नेता र सांसदहरुलाई संवाद कार्यक्रममा समावेश गर्ने निर्णय भएको पनि उनले बताइन् ।
प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरुलाई रास्वपामा आबद्ध गर्न गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
यस्तो छ रास्वपाको विज्ञप्ति
प्रतिक्रिया