लस एन्जलस । अमेरिकाको लस एन्जलसमा जंगलको आगोले फेरि भीषण रुप लिएको छ । आगो फेरि फैलिएपछि क्यालिफोर्निया सरकारले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेको छ । अहिले आगो लागिरहेको जंगलबाट बस्ती ४५ माइल दुरीमा छ । यो आगो कास्टिक तालनजिकै पहाडी इलाकामा सल्किएको हो । यस क्षेत्रमा कयौँ बाक्लो बस्ती र स्कुलहरू रहेका छन् ।
आगोको चपेटामा ८ हजार एकभन्दा धेरै इलाका परेर जलिसकेको छ । तीव्र हावा र सुकेको जंगली झाडीले आगोलाई इन्धनको काम गरिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा लागेको आगोले कसैको घरमा क्षति पुगेको छैन । तर आगोका कारण १९ हजार स्थानीयबासिन्दा घर छाडेर भाग्न बाध्य भएका छन् ।
कैलिफोर्नियामा अग्निनियन्त्रक दल अहिले पनि आगो नियन्त्रणका लागि खटिरहेको छ । लस एन्जलसक्षेत्रमा आगो फैलिएको २ साता हुन लागिसकेको छ । अहिले त्यसक्षेत्रमा लागेको आगोका कारण कयौँ आलीशान घरहरू ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया