बैंककमा वायु प्रदूषणका कारण विद्यालय बन्द

बैंकक । वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् । मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्यान्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन् ।

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैंकक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख सहर बनेको छ । पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २४ घन्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ । यसै साताको सुरुमा बैंककका अधिकारीहरूले पीएम २ दशमलव ५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए ।

बिहीबार बिहानसम्म बैंकक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विद्यालय विद्यालय बन्द भएका छन् । बन्दले हजारौँ विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ । राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्यांक पनि उपलब्ध छैन ।

प्रतिक्रिया