सुप्रिम सहकारी प्रकरण : रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौं । सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

बिहीबार कार्यालय सुरु भएसँगै सभापति लामिछाने बहसका लागि उपस्थित भएपछि अदालतमा बहस सुरु भएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

बुधबार बयान मात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई पत्नी निकिता पौडेल लामिछाने र रविकै कानुन व्यवसायीको जिम्मा लगाएर छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रहेको छ ।

पक्ष र विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । बहस आजै सकिने वा नसकिने भन्न नसकिने श्रेस्तेदार ज्ञवालीले बताए । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

प्रतिक्रिया