ट्रम्पको निर्णयले छेड्यो अन्तर्राष्ट्रिय बहस

न्यूयोर्क । अमेरिकाको राष्ट्रपति पद सम्हाल्नेवित्तिकै राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका एकपछि अर्को निर्णयले अन्तर्राष्ट्रिय बहस छेडेका छन् । ट्रम्पले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव पार्ने केही निर्णय गरेका छन् । जलवायु परिवर्तनको असर कम गर्ने पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनको दाताबाट बाहिरिने निर्णयले विश्वभर तरंग ल्याएको छ ।

पेरिस जलवायु सम्झौताबाट फिर्ता हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले सम्झौताले सिर्जना गरेको नवीकरणीय ऊर्जा लगानीतर्फको विश्वव्यापी गतिलाई सुस्त पार्न नहुने संयुक्त राष्ट्रसंघले बुधबार जनाएको छ । ‘धेरै देश हरित ऊर्जाको दिशामा अघि बढ्नेछन् भन्ने मलाई विश्वास छ’ संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का प्रमुख सेलेस्टे साउलोले भने ।

सोमबार पदभार ग्रहण गरेपछि राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई बढावा दिने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न १९५ पक्षले अपनाएको सन २०१५ पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुने घोषणा गरेका थिए । आलोचकहरूले यो कदमले जीवाश्म इन्धनको प्रयोग घटाउने विश्वव्यापी सहकार्यलाई कमजोर पार्ने र अन्य देशहरूको जलवायु कार्यप्रतिको प्रतिबद्धतालाई कमजोर पार्नसक्ने चेतावनी दिएका छन् ।

त्यस्तै, डाइभर्सिटी, इक्विलिटी तथा इन्क्लुसन(डिइआई) परियोजना खारेज गरिएको छ । यस परियोजनामा आवद्ध सबै कर्मचारीलाई उनले विदा भएको जानकारी दिएका छन् । सिमान्तकृत समुदायको सहयोगको लागि सो परियोजना चलेको थियो ।

ट्रम्पले पनामा नहर आफूहरुको नियन्त्रणमा रहनु पर्ने बताए पछि स्विजरल्यान्डमा र्वल्ड इकोनोमिक फोरममा रहेका उनले सो अभिव्यक्ति दिएका छन् । ट्रम्पले पनामाले तटस्थ हुने सर्त अस्विकार गरेका कारण यो कदम अनिवार्य रहेको बताए । उनले पनामा नहर चीनको स्वर्थ अनुसार उपयोग भएको आरोप समेत लगाए ।

पनामाका राष्ट्रपति जोसे राउल मुनिलोले पनामा नहर अमेरिकी उपहार नभएको प्रतिक्रिया दिइसकेका छन् । त्यसैगरी चीनबाट आयात गरिने बस्तुमा थप १० प्रतिशत महशुल लगाउने नीति ट्रम्पको छ । यसमा चीनले प्रतिक्रिया दिइसकेको छ । चिनिया विदेश मन्त्रालयले यो अमेरिकाको नितान्त आन्तरिक व्यपारिक नीति भएको प्रतिक्रिया दिएको छ । सँगसँगै चीनले ‘ट्रेड वार’ ले कसैलाई पनि राम्रो नगर्ने चेतावनी पनि दिएको छ ।

त्यस्तै ट्रम्पले क्यानडामा उत्पादन भएको बस्तुमा पनि अतिरिक्त शुल्क लिने बताएपछि क्यानडाले दुःख व्यक्त गरेको छ । क्यानडाका उर्जा मन्त्री जोनाथन विकिन्सनले व्यापारिक साझेदारको यो भुमिका सही नभएको जिकिर गरे । उनले आर्थिक शक्ति प्रयोग गरेर अमेरिकाले क्यानडालाई ५१ औ राज्यको रुपमा उपयोग गर्न चाहेको आरोप समेत लगाए ।

त्यसैगरी उनको आप्रवासनमा कडाइ गर्ने नीतिले पनि विश्वलाई झकझकाएको छ । अझ समलिंगी विवाहले समेत मान्यता पाउने विश्वव्यापी लहर चलेको बेला ट्रम्पले महिला र पुरुष दुई लिंगमात्रै हुन्छन् भनेर सार्वजनिक घोषणा गरेको विषयले पनि नयाँ बहस छेडेको छ ।

प्रतिक्रिया