काठमाडौं महानगरको परम्परागत एक दिने खाद्य मेला

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्वच्छ खानाः उत्कृष्ट व्यापार’ को नारासहित परम्परागत खाद्य मेला आयोजना गरेको छ । ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना अन्तर्गत सन्चालित ‘खाध्य स्वच्छता शिविर मार्फत रचनात्मक उध्योगको प्रवर्धन’ गर्ने उद्देश्य सहित मेला आयोजना गरिएको महनगरपालिकाले जनाएको छ ।

रैथाने तथा मौलिक खानाका परिकार उत्पादन गर्ने सिपलाई रचनात्मक उद्योगका रुपमा प्रवर्धन गर्ने उद्देश्यले दरबार हाई स्कुलको प्रांगणमा आयोजना गरिएको यो मेलामा १६ वटा स्टल छन् ।

जहाँ काठमाडौंका जात्रापर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक रीतिरिवाजसँगै ऋतु अनुसार बनाइने स्थानीय खाद्य वस्तु मेलाका आकर्षण हुन् ।

मौलिक स्वादका रैथाने एवम् स्थानीय खानाका परिकारअन्तर्गत ‘एक वडाः एक उद्यम’ उत्पादित खाद्य वस्तु प्रदर्शनीमा उपलब्ध छन् । मेलामा रैथाने तथा मौलिक खाना नेवाः परिकारका साथै स्थानिय उध्योगले उत्पादन गरेका विभिन्न सामाग्री प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया