लस एन्जलस । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार ३ हजारभन्दा बढी उडान रद्द भएका छन् । डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै ५ रनवेहरू २ घन्टाभन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।
डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए । फ्लाइटअवेयरका अनुसार दुवै एयरपोर्टहरूमा एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरियो । संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो । यहाँ पाँच जनाको ज्यान गएको र सयौँ उडानहरू रद्द भएको थियो ।
केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस) भन्दा तल झ¥यो र हजारौँ मानिसहरू बिजुलीविहीन भए । आगलागी असर बढी रहेको छ । यसै कारण कम्तीमा ११ जनाको ज्यान गइसकेको छ भने १० हजार घर तथा संरचना ध्वस्त भएका छन् ।
क्यालिफोर्नियामा पानीको समेत अभाव देखिएको छ । त्यहाँका गर्भनरले यसको छानबिनको आवाज उठाएका छन् । अहिले प्रभावित क्षेत्रमा रात्रि कालिन कफ्र्यु लगाइएको छ । पालिसेड र इटनमा यो नियम कडाइका साथ लागु हुने जनाइएको छ। राष्ट्रपति जो बाइडेले लस एन्जलसको अवस्था साँच्चै भयावह भएको बताउँदै मर्नेको संख्या अझ बढ्न सक्ने बताएका छन् ।
अहिले अल्टाडेना जिल्लामा १५ सय अग्नि नियन्त्रक सक्रिय छन् । त्यहाँका प्राय सबै मानिस अन्यत्र सरिसकेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले डोनाल्ड ट्रम्पलाई भ्रमण गर्नका लागि त्यहाँ बोलाएका छन् । उनले ट्रम्पलाई घटनालाई राजनीतिकरण नगर्न भने अनुरोध गरेका छन् ।
अहिले पालिसेड र इटनमा आगोमा प्रभाव कम भएको छ । त्यहाँका सिनेटरले घरमा तत्काल नफर्कन अनुरोध गरेका छन् । उनीहरूले घर फर्कने अवस्था आउनका लागि केही दिन अझ लाग्न सक्ने बताएका छन् ।
प्रतिक्रिया