काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने थपिएका छन् । यसअघि ६ खेलाडी समेटिएकामा शुक्रबार सन्दीपको नाम थपिएको हो ।
सन्दीप विदेशी खेलाडीअन्तर्गत डाइमन्ड क्याटगोरीमा परेका छन् ।
उनले यसअघि २०७५ सालमा लाहोर क्वालन्डर्सबाट पिएसएल खेलेका थिए । यसअघि विकेटकिपर ब्याटरद्वय आसिफ शेख र अर्जुन साउद, टप अर्डर ब्याटर देव खनाल तथा अलराउन्डरहरू दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र सोमपाल कामी सिल्भर क्याटगोरीमा परेका थिए । ड्राफ्टमा रहेका खेलाडीमध्येबाट फ्रेन्चाइज टिमहरूले खरिद गर्न सक्नेछन् । खेलाडी छनोट १३ जनवरीमा हुनेछ ।
प्रतिक्रिया