भूकम्पमा भत्केका विद्यालय कर्णाली प्रदेश सरकारले पुनः निर्माण गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुनः निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुनः निर्माण गर्ने भएको हो ।

मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुनः निर्माण गर्न लागिएको हो । विद्यालय भवनका लागि रु १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुनः निर्माणका लागि रु दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया