काठमाडौं । १२औँ म्यूजिक खबर म्यूजिक अवार्डको लागि आवेदन फाराम खुलेको छ । म्यूजिक खबर म्यूजिक अवार्डको १२औँ संस्करणको लागि गीत सहभागी गराउन आवेदन फाराम खुल्ला गरिएको आयोजक सुमन पण्डितले जानकारी दिए ।
उनका अनुसार २०६९ सालबाट आयोजना गरिँदै आइएको यस अवार्डको १२औँ संस्करणका लागि स्रष्टा कलाकारहरुलाई आफ्नो सिर्जना सहभागी गराउन आवेदन पाराम खुल्ला गरिएको हो ।
उक्त म्युजिक खबर म्युजिक अवार्डमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोकदोहोरी, पप र कल्चरल गीतहरुका विभिन्न ३८ विधामा अवार्ड आयोजना गरिँदै आइएको छ ।
‘स्तरीय एवं मौलिक संगीतको धार–नेपाली गीत संगीतकार आधार’ भन्ने मूल नारा लिएर आयोजना गरिँदै आइएको यस अवार्डलाई शुभकामना मिडिया सोलुसनले आयोजना गर्दै आएको आयोजक सविता पोखरेलले बताइन् । म्युजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डमा म्युजिक खबर फाउन्डेसनले सहकार्य गर्दै आएको छ ।
गीतसंगीत क्षेत्रमा क्रियाशील गायक गायिका, संगीतकार, गीतकार, निर्देशक, मोडल, छायाँकार, सम्पादकहरुको लागि प्रोत्साहन र सम्मानको महोत्सवका रुपमा लिइँदै आइएको यस अवार्डमा अग्रजदेखि अनुजसम्मका स्रष्टा कलाकार सहभागी हुँदै आएको पोखरेलले बताइन् ।
प्रतिक्रिया