ईन्द्र बस्याल र मेलिना राईको आवाजमा ‘जिवन दिएँ’

काठमाडौं । गायक ईन्द्र बस्याल र गायिका मेलिना राईको आवाजमा ‘जिवन दिएँ’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो ओएसआर मुभिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

स्वार्थी भई, लर्कियो होला, मैले मायाँ गरेपनि लगायत दर्जनभन्दा बढी चर्चित गीतका गायक ईन्द्र वस्यालले पछिल्लो समय योनयाँ गीत ‘जिवन दिएँ’ गीत बजारमा ल्याएको बताए ।

अनु लामाको शब्द, सुरज मालीको संगीत रहेको भिडियोमा अनित बस्याल, सुस्मिता पाण्डे, देशान्त लोचन, कविता पाण्डे, रोजना श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा छायांकन केशव अधिकारी, सम्पादन हुम गैरे, निर्देशन राजन महर्जनको रहेको छ ।

प्रतिक्रिया