चलचित्र ‘एक्टर’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । आगामी माघ ४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’को दोस्रो ‘घर त तिम्रो काठमाडौं मेरो पोखरा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ ।

उक्त गीत अंग्रेजी नयाँ वर्षको शुभकामना स्वरुप आम दर्शकमाझ ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नायक प्रिन्स थापा र नायिका शिवानी गीरीमाथि फिचरिङ गरिएको गीतमा रामचन्द्र काफ्ले र रश्मि उपाध्यायको युगल आवाज रहेको छ भने संगीत सम्राट थापाको रहेको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन चलचित्र ‘एक्टर’का निर्माता पत्रकार मनोहरी थापा हुन् ।

‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिवु शाह, निशा केसी भण्डारी लगायतका कलाकारको अभिनय छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया