कार्साङको नयाँ गीत सार्वजनिक

काठमाडौँ । २६ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्जाङ’ सार्वजनिक भएको छ । निर्माण पक्षले शनिबार फिल्मका मुख्य नायक दयाहाङ राई र डेब्यू नायिका सिर्जना निङलेखुको अभिनय रहेको गीत सार्वजनिक गरेको हो ।

यो गीतमा स्वर एडी योडी र रेश्मा पुन मगरको रहेको छ । शब्द भने डीपी खनालको रहेको छ । गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । गीतमा यी दुवैको नृत्य देख्न सकिन्छ ।गर्ने बताइएको छ । कथा पनि निर्देशक शेर्पा आफैँले लेखेका हुन् ।

फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

प्रतिक्रिया