कोरस सार्वजनिक

काठमाडौँ । मानव जीवनमा दैनिकजसो घटिरहने समसामयिक विषयवस्तुमा आधारित सिरियल ‘कोरस’ सार्वजनिक भएको छ । उक्त कोरस एमएस इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मौनता श्रेष्ठको लेखन, जीवन गौतमको निर्देशन रहेको सो सिरियलमा विनोद श्रेष्ठ, सपना श्रेष्ठ, नरेश पौड्याल, सबिता थपलिया, स्वनिका बास्तोला, मान्सि शर्मा, जीवन ढाट, अरुण बराइली, बिरेन तिरुवा, अनमोल तिरुवा, एचबी विश्वकर्मा, दुर्गा पराजुली, मदन सेन्चुरी, अरुण कालीराज लगायतको अभिनय रहेको छ । ‘कोरस’ सिरियल विशेष गरी उज्ज्वल भविष्यको सपना मनभरी गाँठो पारेर गाउँबाट सहर भित्रेपछि आइपर्ने अनगिन्ति समस्याहरूसँग जुध्नुपर्ने बाध्यात्मक परिस्थितिलाई सरल ढंगले प्रस्तुत गरिएको लेखक मौनता श्रेष्ठले बताइन् ।

प्रतिक्रिया