पत्रकार गुप्ता सम्मानित

सर्लाही । निगरानी टुडे पत्रिका तथा रेडियो निगरानी १०७ मेगाहर्जका सञ्चालक एवं राजधानी दैनिक र रेडियो नेपालका सर्लाही संवाददाता पत्रकार राकेश गुप्ता ‘चमेली साकोस पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित भएका छन् ।

सोमबार पत्रकार गुप्तालाई चमेली बचत तथा ऋण सहकारी संस्थाको २४औँ स्थापना दिवस तथा २१औँ वार्षिक साधारण सभा २०८१ को अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद रामप्रकाश चौधरीले दोसल्ला सहित सम्मानपत्रबाट सम्मानित गरेका हुन् ।

समाज र देशको हितमा पत्रकार गुप्ता सर्लाहीबाट एक दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन् । उनले कलमको माध्यमबाट समाज र देशलाई सुसूचित गर्नुका साथै जिम्मेवार हुनका लागि अभिप्रेरित गर्ने भुमिकासमेत खेलेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद रामप्रकाश चौधरीले समग्र समाज, देशको समृद्धि र सुशासनका निम्ति कलम चलाउने र देशको हितमा महत्त्वपूर्ण भूमिका खेल्ने पत्रकारलाई संस्थाको वार्षिक साधारण सभाको अवसर पारेर सम्मान गर्ने गरिएको बताए ।

चमेली बचत तथा ऋण सहकारी संस्था लि. ईश्वरपुर–६ ले हरेक वर्ष ‘चमेली साकोस पत्रकारिता सम्मान २०८१’ प्रदान गर्दै आएको छ । संस्थाले गत वर्ष पत्रकार डुकु प्रसाद कोइरालालाई यस सम्मानबाट सम्मानित गरेको थियो ।

रामप्रताप साहको अध्यक्षतामा भएको यस कार्यक्रमको प्रमुख अतिथिका रुपमा सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद रामप्रकाश चौधरी रहेका थिए । भने संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साह लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया