काठमाडौं । प्रथम द भ्वाइस अफ नेपालका विजेता सिडीविजय अधिकारीको आवाज र संगीत रहेको ‘जिन्दगानी के छ र’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीत गीतकार लोकराज अधिकारीको शब्दमा रहेको छ ।
गीतको भिडियोमा बबिता श्रेष्ठ ‘मलेकु’को निर्देशन रहेको छ भने दीपेन्द्र राज गिरी, जुना एसडि र बाल कलाकार एला पुरीको अभिनय रहेको छ । पुष्कर खत्रीको संगीत संयोजन रहेको गीतको भिडियो उत्तम हुमागाईँले खिचेका हुन् भने मीन रावलले सम्पादन गरेका हुन् ।
प्रियसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा जन्म र मृत्युपछि भए पनि देशको अवस्थाका कारण आर्थिक भार र ऋणको बोझका कारण मान्छेमा बढ्दै गएको डिप्रेसनले निम्त्याउदै गरेको समस्यालाई देखाउने प्रयास गरिएको निर्देशक बबिता श्रेष्ठले बताइन् ।
जस्तोसुकै समस्या आइपरे पनि घरपरिवारप्रतिको जिम्मेवारी बिर्सन नहुने सन्देश भिडियोमार्फत दिन खोजिएको उनको भनाई छ ।
प्रतिक्रिया