काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भइरहेको कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा कर्णालीले सुदूरपश्चिमलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ ।
टस जितेर फिल्डिङको निर्णय लिएको सुदूरपश्चिमले कर्णालीलाई निर्धारित २० ओभरमा १० विकेट लिँदै १०१ रनमा रोकेको हो । सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट लिए । त्यस्तै स्कट कुगलेइन र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा सेइफ जाइबले १ विकेट लिए ।
कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३० रन बनाए । त्यस्तै विलियम वोसिस्टोले १६ रन जोड्दा बाबर हायत १३ रनमा पेभेलियन फर्किए । चाडविक वाल्टन र सोमपाल कामीले समान ११/११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रतिक्रिया