काठमाडौं गुर्खाजले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज हुने पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै छ ।

आइतबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्नेनिर्णय लिएका हुन् ।

शनिबार पोखरा एभेन्जर्ससँग खेलेको टिममा काठमाडौंले २ परिवर्तन गरेको छ । शनिबार खेलेका राजु रिजालको स्थानमा शंकर राना र नाथन स्वटरको स्थानमा डान डाउथवेटले मौका पाएका छन् ।

काठमाडौं गुर्खाजको प्लेइङमा कप्तान करण केसीसहित जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कँडेल, रसिद खान, शंकर राना, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, डान डाउथवेट रहेका छन् ।

त्यसैगरी शुक्रबार चितवन राइनोजसँग खेलेको टोलीमा विराटनगरले २ खेलाडी परिवर्तन गरेको छ । चितवनसँग खेलेका ओपनर मार्टिन गप्टिल र प्रतिश जिशी बेन्चमा रहँदा अनिल खरेल र इस्मात आलमले खेलमा मौका पाएका छन् ।

विराटनगरमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, इस्मात आलम, क्रिस सोल, निकोलस कीर्तन, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर, सुवास भण्डारी र स्कट एडवार्डस रहेका छन् ।

प्लेअफको सम्भावना कायम राख्न काठमाडौंलाई यो खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भएमा काठमाडौं लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया