एनपिएलमा लुम्बिनी लायन्स : रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ

अनुभव खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा लिइएको थियो । तर, केही विदेशी खेलाडीले मध्यम प्रदर्शन गरे पनि केही खेलाडी भने चल्नै सकेनन् । लुम्बिनीको सबैभन्दा आशा गरिएका खेलाडी थिए, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द । चन्दको कप्तानीमा भारतले सन् २०१२ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । यु–१९ को फाइनलमा खेलमा चन्दले शतक समेत प्रहार थिए । उनी आइपिएल स्टार समेत हुन् । तर, एनपिएलमा उन्मुक्त चल्नै सकेनन् ।

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो । कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे ।

तर, त्यो टीमको जितका लागि पर्याप्त भएन । कुल सात खेल खेलेका कप्तान पौडेलले प्रतियोगितामा हालसम्म सर्वाधिक २७९ रन बनाउनुका साथै आठ विकेट लिँदै आफूलाई उत्कृष्ट सावित गरे पनि त्यतिले मात्रै टोलीलाई शीर्ष चारमा पुर्याउन पर्याप्त भएन । नतिजा सात खेलमा एउटा जितमा मात्रै चित्त बुझाउनुपर्यो ।

अनुभव खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा लिइएको थियो । तर, केही विदेशी खेलाडीले मध्यम प्रदर्शन गरे पनि केही खेलाडी भने चल्नै सकेनन् । लुम्बिनीको सबैभन्दा आशा गरिएका खेलाडी थिए, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द । चन्दको कप्तानीमा भारतले सन् २०१२ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । यु–१९ को फाइनलमा खेलमा चन्दले शतक समेत प्रहार थिए । उनी आइपिएल स्टार समेत हुन् । तर, एनपिएलमा उन्मुक्त चल्नै सकेनन् ।

लिग चरणको आफ्नो अन्तिममा खेलमा आज लुम्बिनी लायन्स कर्णाली याक्ससँग पाँच रनले पराजित भयो । जितका लागि कर्णाली याक्सले दिएको १२९ रनको सामान्य लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन ।

हारको सिलसिला सुरुदेखि अन्तिमसम्मै

लुम्बिनीको हारको सुरुवात पहिलो खेलदेखि नै भयो । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगरसँग दुई विकेटले पराजित भयो । दोस्रो खेलमा पोखरासँग १० विकेटले हार्यो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा पनि जनकपुरसँग एक रनले पराजित भएको थियो ।

पाँचौँ खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको थियो । तर, छैटौँ खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएपछि एनपिएलको जारी संस्करणबाट बाहिरिने पहिलो टोली बन्न पुग्यो ।

चलेनन् विदेशी खेलाडी

लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर बेन कटिङ, इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स, बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द र क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरलाई भित्र्याएको थियो ।

अनुभव खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा लिइएको थियो । तर, केही विदेशी खेलाडीले मध्यम प्रदर्शन गरे पनि केही खेलाडी भने चल्नै सकेनन् । लुम्बिनीको सबैभन्दा आशा गरिएका खेलाडी थिए, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द । चन्दको कप्तानीमा भारतले सन् २०१२ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । यु–१९ को फाइनलमा खेलमा चन्दले शतक समेत प्रहार थिए । उनी आइपिएल स्टार समेत हुन् । तर, एनपिएलमा उन्मुक्त चल्नै सकेनन् ।

लुम्बिनीबाट उन्मुक्त चारवटा खेल खेले । पोखराविरुद्धको खेलमा उनी शून्य रनमै आउट भए । सुदूरपश्चिमसँगको खेलमा पनि उनी चल्न सकेनन् । चार रन बनाएर आउट हुन् पुगे । चितवनविरुद्धको खेलमा पनि शून्य रनमै आउट भएका उन्मुक्तले काठमाडौं गुर्खाजविरुद्धको खेलमा भने १४ रन बनाए । एनपिएलका चार खेलमा उन्मुक्तले १८ रन मात्रै बनाए ।

अस्ट्रेलियन अलराउन्डर बेन कटिङले पनि लुम्बिनीलाई खासै राम्रो योगदान दिन सकेनन् । एनपिएलमा लुम्बिनीका तर्फबाट तीन खेल खेलेका कटिङले जम्मा १० रन मात्रै जोडे ।

३७ वर्षीय दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलर कटिङ सहभागी सन्राइजर्स हैदरावादले सन् २०१६ इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जिते पनि एनपिएलमा उनको प्रदर्शन निराशाजनक नै रह्यो । लुम्बिनीको तर्फबाट खेल्ने विदेशी खेलाडीमध्ये इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्सले भने केही योगदान गरे ।

लुम्बिनीबाट सातवटै खेल खेलका उनले १६५ रन बनाए । यस्तै, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरले लुम्बिनीका लागि सातवटै खेल खेले । सातवटा खेलबाट ८३ रन बनाएका उनले ९ विकेट आफ्नो नाममा दर्ता गरे ।

बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्सको प्रदर्शन पनि मध्यम नै रह्यो । सातवटै खेल खेलेका उनले ब्याटिङतर्फ ६ रन बनाउँदा बलिङतर्फ भने ९ विकेट लिन सफल भए ।

स्वदेशी खेलाडीको प्रदर्शन

लुम्बिनीका कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेल एनपिएलका लिग चरणका सातवटै खेल खेले । उनले सात वटा खेलबाट २७९ रन बनाउन सफल भए भने आठ विकेट आफ्नो नाममा दर्ता गरे । उनले एनपिएलमा सर्वाधिक ९५ रन बनाए भने दुई अर्धशतक समेत प्रहार गरे ।

लुम्बिनीबाट सातवटै खेल खेल्ने अर्का स्वदेशी खेलाडी हुन्, सन्दीप जोरा । उनले सातवटा खेलबाट १२० रन बनाउँदा एक विकेट पनि आफ्नो नाममा दर्ता गराए ।

६ वटा खेल खेलेका अर्जुन साउदले कूल ६८ रन जोडे । विवेक यादवले ६ खेलबाट १०० रन बनाए भने तीन विकेट हात पारे । उनले एक अर्धशतक समेत प्रहार गरेका थिए । टोलीका लागि ६ वटै खेल खेलेका आशुतोष घिरैयाले कूल ४४ रन जोडे ।

साथै पाँच वटा खेल खेलेका दुर्गेश गुप्ताले कूल पाँच रन बनाउँदा तीन विकेट आफ्नो नाममा दर्ता गराए भने चार खेल खेलेका सुर्य तामाङले कूल १८ रन जोड्दै एक विकेट लिए । त्यस्तै चार खेल नै खेलेका अभिषेक गौतमले एक रन जोड्न नसके पनि ६ विकेट लिए ।

लुम्बिनीबाट दिनेश अधिकारी दुई खेल खेले । जसमा उनले १४ रन जोडे । लुम्बिनीबाट तिलक भण्डारी र विकास आग्री एक–एक खेल खेले । जसमा भण्डारीले तीन रन बनाए भने तीन विकेट लिए । यस्तै, आग्रीले तीन विकेट आफ्नो नाममा दर्ता गरे ।

रोहितको एक्लो प्रयास

लुम्बिनी लायन्सका लागि कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेलको योगदान भने प्रशंसनीय नै रह्यो । एनपिएलमा आफ्नो पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध कप्तान पौडेलले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाए । विराटनगरविरुद्ध बलिङ भने गरेनन् ।

रोहितले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५९ बल खेल्ने क्रममा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाए । तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पाँच रन बनाए भने एक विकेट हात पारे । चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्ध उनले सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारे ।

आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्दा लुम्बिनीका पौडेल ब्याटिङ र बलिङ दुवैतर्फ नायक बने । उनले चितवन राइनोजविरुद्ध ५७ बलमा पाँच चौका र ६ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा बलिङतर्फ चार विकेट चट्काए ।

छैटौँ खेल र सातौँ खेलमा भने उनी जम्न सकेनन् । छैठौँ खेलमा काठमाडौंविरुद्ध आठ रन मात्रै बनाएका रोहितले बलिङतर्फ एक विकेट पनि झार्न सकेनन् । सातौँ खेलमा कर्णालीविरुद्ध १० रनमै आउट भएका रोहित बलिङतर्फ भने एक विकेट लिन सफल बने ।

पौडेल जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन् । उनले सात खेलबाट सर्वाधिक २७९ रन बनाउन सफल भएका छन् । रोहित जारी एनपिएलमा ११ छक्का र २६ चौकासमेत प्रहार गरेका छन् ।– रासस

प्रतिक्रिया