काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । अहिले ब्याटिङ गरिरहेको विराटनगरले दाेस्राे ओभरमा नै ३ विकेट गुमाइसकेको छ ।
प्रतिक्रिया