काठमाडौं । चर्चित गायक रामचन्द्र काफ्ले र गायिका अनु चौधरीको युगल आवाज रहेको नयाँ गीत ‘ओई सुवा, ओई बाज’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । धनगढी महोत्सवमा एक कार्यक्रम माझ सार्वजनिक गरिएको उक्त गीतको गीतकार मंगल जयगडी रहेका छन् भने संगीतकार राजेश कैदीले संगीत भरेका छन् ।
यस गीतमा संगीत ब्यवस्थापन (एरेन्ज) संगीतकार शिशीर साधकले गरेका छन् । त्यसैगरी म्यूजीक भिडीयोमा पाश्र्व संगीत कीरण तुलाधरले दिएका छन् । मिलन शंकरद्वारा छायांकित म्यूजीक भिडीयोको सम्पादन नहकुल खड्काले गरेका हुन् ।
वरिष्ठ निर्देशक विभोर पोखरेलद्वारा निर्देशीत गीतको म्यूजिक भिडीयोमा वरिष्ठ कलाकार सुनिल थापासँगै रीमा विश्वकर्मा, बिवेक पौडेल, निकेन महर्जन र नवोदित चरित्र अभिनेता मीरेश अधिकारीले अभिनय गरेका छन् ।
उक्त गीतको भिडियो गायक रामचन्द्र काफ्लेको आफ्नै यट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गत मंसिर २४ गते सार्वजनिक गरिएको उक्त भिडीयो उत्साहजनक भ्यूज आइरहेको गायक काफ्लेले बताए । विशुद्ध माया प्रेमका प्रसंगमा रहेर गीतको भिडियो ल्याएको उनको भनाई छ ।
प्रतिक्रिया