काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज आठौँ दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेर पहिला ब्याटिङ गर्दै छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्नेनिर्णय लिएका हुन् । सुदूरपश्चिमले अहिलेसम्म खेलेका ३ खेल नै जितेको छ ।
चितवनले ३ मध्ये २ मा जित र अर्कोमा हार ब्यहोरेको छ । आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले हराएर लगातार चौथो जित दर्ता गराएको छ । तर, लुम्बिनी लायन्सले भने लगातार चौथो हार ब्यहोरेको छ ।
प्रतिक्रिया