जनकपुरविरुद्ध लुम्बिनीले टस जितेर बलिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिला बलिङ गर्दै छ ।

आइतबार बिहान कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

लुम्बिनीले सुरुवाती ३ खेलमा हार ब्यहोरेर यस खेल जित्नै पर्ने दबाबमा छ । आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना कठिन हुनेछ । लुम्बिनी यसअघि विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो ।

लगातारको हारसँगै लुम्बिनी लायन्स दबाबमा परेको हो । जनकपुर लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाउन चाहन्छ । जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई हराएको थियो ।

लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्ससँग खेलको टिममा ३ परिवर्तन गरेको छ । शनिबार खेलेका सुर्य तामाङ, दिनेश अधिकारी र उन्मुक्त चन्द बेन्चमा रहँदा आशुतोष घिरैया, अविषेश गौलम र बेन कटिङले मौका पाएका छन् ।

लुम्बिनीमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, आशुतोष घिरैया, अविषेश गौतम, अर्जुन साउद, दुर्गेश गुप्ता, टम मुर्स, बेन कटिङ, साद वीन जाफर र रेमन सिमोन्डस रहेका छन् ।

प्रतिक्रिया