काठमाडाैँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो हासिल गरेको छ । एनपीएलमा सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनी लायन्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।
शनिबारको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगातार तेस्रो जित हात पारेको हो ।
एनपीएलमा सबै टोलीले तेस्रो खेल खेलिसक्दा जनकपुर र सुदूरपश्चिममात्र अपराजित छन् । बाँकी पाँच टोलीले एक जित हात पार्दा लुम्बिनी भने तेस्रो खेलसम्म आइपुग्दा जितविहिन हुने एक्लो टोली बनेको छ ।
सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सक्यो ।
प्रतिक्रिया