७ दिनमै बिक्री भयो ७ करोड रूपैयाँ पर्ने बिएमडब्ल्युकाे लक्जरी गाडी

काठमाडौँ । नेपालमा बिएमडब्ल्यु अटोमोबाइल्सका आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै महँगो लक्जरी गाडी बिएमडब्ल्यु एक्स–७ एक्सड्राइभ ४० आई ल्याएको १ हप्ताभित्र बिक्री गरेको छ । कम्पनीका अनुसार यो मोडल कात्तिक २९ गते नेपाल आयात गरिएको थियो ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुती, सुरक्षा, शक्ति, र बिलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो । यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रष्ट रूपमा उजागर गरेको छ । कम्पनीका अनुसार यो गाडीको छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।

प्रतिक्रिया