गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा मन्त्री शाहीको जोड

मुगु । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिएका छन् । जगतमाला माध्यामिक विद्यालय धैनमु गुको ५०औँ स्वर्ण जयन्ती तथा वार्षिक उत्सव समारोह कार्यक्रमको उद्घघाटन गर्दै मन्त्री शाहीले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताएका हुन् ।

शिक्षा आज गाउँगाउँमा विद्यालयहरु छन तर पनी गुणस्तरीय शिक्षाको अभावले गर्दा चाहे अनुसारको शिक्षा प्राप्त गर्न नसेको मन्त्री शाहीले बताए । ‘शिक्षकहरुले नियमित विद्यालय गएर र अभिवाकलले विद्यालयमा आफ्ना नानी–बाबुहरूलाई विद्यालय पठाएर मात्रै गुणस्तरीय शिक्षाको दायित्व पूरा हुँदैन’, उनले भने । विद्यार्थीहरुले कस्तो शिक्षा पाइरहेका छन्, पढाइको गुणस्तर कस्तो छ भन्ने विषयमा पनि चासो दिनुपर्ने मन्त्री शाहीले बताए ।

उनले भने, ‘नेपाल सरकारले विद्यालय मात्र खोल्ने त्यसको गुणस्तरमा ध्यान दिएनौँ भने बेरोजगार उत्पादन गर्ने काराखाना बन्न सक्छन् ।’ त्यसैले गुणस्तरीय शिक्षा कायम गर्दै गुणस्तरीय शिक्षासँगै अनुशासन, चरित्र र जीवनपद्दती सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक रहेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने मन्त्री शाहीले बताए ।

मन्त्री शाहीले भने, ‘समाजमा आज जे जती परिस्थती सृजना भएका छन् ती सबै बेरोजगारीका कारणले भएका छन्, समाजमा विकृती विसंगती निम्तिनुमा बेरोजगारीकै कारणले हो, अब आगामी दिनमा गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामा जोड् दिनुपर्ने समय आएको छ, वर्तमान सरकार गुणस्तरीय शिक्षा, जिवन उपयोगी शिक्षा र देश विकासका लागि आवश्यक शिक्षाको खोजीमा छ ।’


सरकारको ध्याान त्यसतर्फ केन्द्रीत भएको मन्त्री शाहीले बताए । यसैबीच जगतममाला माध्यामिक विद्यालय धैनको ५०औँ स्वर्ण जयन्ती तथा वार्षिक समारोह कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थीहरुले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको उनले बताए भने सरोकारवाला निकायाहरुले आवश्यकता पहिचानमा आधारमा पुर्ती गर्ने विश्वास दिलाएका छन् ।

जगतमाला माध्यामिक विद्यालय २०३१ साल मंसिर १८ गते मुगु जिल्लाकै तेस्रो विद्यालयमा रुपमा स्थापीत विद्यालय रहेको छ । विद्यालय ५० वर्ष पुरा गरेको अवसरमा जगतममाला माध्यामिक विद्यालय धैनको ५० औ स्वर्ण जयन्ती तथा वार्षिक समारोह मनाइएको विद्यालय स्रोतले जनाएको छ ।

जगतममाला माध्यामिक विद्यालय धैनको ५०औँ स्वर्ण जयन्ती तथा वार्षिक समारोह कार्यक्रममा जिल्ला समन्वय प्रमुख मञ्जन बहादुर कार्की, सोरु गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया