काठमाडौं । गायक जनक रावल र गायिका विमला रिजालको युगल आवाजमा ‘मुखले तिमी बोलिनौँ’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।
केही समय पहिले ‘खाटा बसेको घाउ’ कथासंग्र्रह पाठक माझ पस्किएर लोकप्रिता हासिल गरेका श्रष्टा जनककै रावलको शब्द र संगीत रहेको गीतको भिडियोमा विकास लामिछाने र अञ्जु चौलागाईको अभिनय देख्न सकिन्छ ।
सन्दिप कार्कीको एरेञ्ज, बिशन मानन्धरको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो मुकेश नेपालीले निर्देशन गरेका हुन् । माया प्रेमका भावना गीतको शब्दमा समेटेर भिडियो बजारमा ल्याएको गायक रावलले बताए ।
प्रतिक्रिया