मार्केल अभिव्यक्तिले युरोपमा ल्याएको तरंग

म्युनिख । जर्मन चान्सलर एन्जेला मार्केलले रुससँग आफूले गरेको सहमतिकै कारण विगतमा शान्ति स्थापना भएको बताएकी छन् । रुस र युक्रेनबीच जारी युद्धकै समयमा सिंगो युरोप रुसको विरुद्धमा रहेको समयमा मार्केलको यो अभिव्यक्तिले तरंग पैदा गरेको छ । उनले बिबिसीसँगको कुराकानीको क्रममा सन् २००८ मा आफूले युक्रनेलाई उत्तर एटलान्टिक सन्धि सगठन(नाटो)को सदस्य हुनबाट नरोकेको भए धेरैअघि नै युद्ध भइसक्ने जनाएकी छन् ।

यसअघि १६ वर्ष जर्मनीको नेतृत्व गरेकी मार्केलले युरोपमा चलेको आर्थिक मन्दी, सन् २०१४ मा रुसले युक्रेनमा गरेको आक्रमण तथा सन् २०१५ मा आप्रवासी संकटको सामना गरेकी थिइन् । उनको विचारमा सन् २००८ मा उनले नाटोमा युक्रेनको प्रवेशलाई नरोकेको भए स्थिति अहिलेको भन्दा अझ धेरै खराब हुन सक्ने बताएकी छन् । उनको कुरामा युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकी भने सहमत हुन सकेनन् । उनले मार्केल पूर्वफ्रान्सेली राष्ट्रपति निकोलास सार्केजीको कुराले प्रभावित भएको बताए ।

३ वर्ष अघिदेखि राजनीतिबाट टाढा रहेदेखि विरलै आफने मत सार्वजनिक गर्ने उनले पुटिनले आणविक हतियारको धम्कीलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने कुरामा जोड दिएकी छिन् । उनले अमेरिकाजस्तै रुस पनि संसारको २ ठूलो आणविक शक्तिमध्येको एक भएको कुरा स्वीकार गर्नुपर्ने कुरामा जोडदिएकी छन् ।

उनले सत्ता छाड्ने केही महिनाअघि मात्र रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । उनले अहिले सिंगो युरोपले राजनीतिलाई पुनः विचार गर्ने कुरामा जोड दिएकी छन् । उनले आप्रबासी समस्या, ऊर्जाको राजनीतिक तथा रुससँगको सम्बन्धको बारे धेरै सोच्नुपर्ने बताएकी छन् ।

मार्केल सत्ताबाट हटेपछि युरोपेली युनियनमा जर्मनीको प्रभावसमेत कम भएको छ । मार्केलको समयमा युरोपमा रहेको इटाली र फ्रान्सलगायत शक्ति पनि उनकै प्रभावमा रहने गरेको चर्चासमेत चलेको थियो । सन् २००५ र २००६ को समयमा मार्केलको सोचलाई नै युरोपको सोच मान्नेहरूको समेत कमी थिएन । सो समयमा जर्मनी र रुसको बीचमा २ बाट सिधै ग्यास पाइपलाइन सञ्चालनमा थिए । मार्केलले आफूले सोही समयदेखि रुस र अन्य युरोपेली देशबीच सुमधुर सम्बन्ध रहे यसले शान्ति स्थापना हुने सोचमा अडिग रहे पनि त्यसो हुन नसकेको धारणा राखेकी छन् ।

प्रतिक्रिया