इजरायल र हिजबोल्लाहबीच युद्धविरामका लागि अमेरिकी विशेष दूत होचस्टेन लेबनानमा

लेबनान । अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मंगलबार लेबनान आइपुगेका छन् । हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाहबीच युद्धविरामको नेतृत्व गरेका छन् जसको नेतृत्व गर्दै होचस्टेन लेवनान आएको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर–७ को आक्रमणबाट गाजामा युद्ध सुरु भए देखि प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा हिजबुल्लाहले गरेको आक्रमणामा करिव एक वर्षपछि, सेप्टेम्बर–२३ मा, इजरायलले सेना पठाउनुअघि लेबनानमा हवाई आक्रमण भएको छ ।

लेबनानका एक अधिकारीले अमेरिकी युद्धविराम प्रस्तावको बारेमा सरकारको सकारात्मक दृष्टिकोण रहेको बताए भने अर्का अधिकारीले लेबनान उनीसँग निर्धारित बुँदामा समीक्षा गर्न होचस्टेनको आगमनको पर्खाइमा रहेको बताएका छन् ।

लेबनान भ्रमणको जनाकारी गराउदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनले लेबनान र इजरायली सरकारहरूसँग निर्धारित प्रस्तावहरूमा समन्वय गरिरहेको बताएका छन् ।

मिलरले अमेरिकाले राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ को पूर्ण कार्यान्वयनको लागि दबाब दिइरहेको बताउँदै लेबनानी र राष्ट्रसंघीय सेना बाहेक सबै सेनाहरू इजरायलको सिमाना लेबनानबाट फिर्ता लिन आवश्यक रहेका बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने सम्झौता भए पनि इजरायलले उक्त समूहलाई पुनः र्निर्माण गर्नबाट रोकेर हिजबुल्लाह विरुद्ध कारबाही गर्ने बताएका छन् ।

यसअघि एक लेबनानी अधिकारीले अमेरिकी दूत लिसा जोनसनले बिहीबार प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाह–सहयोगी संसदीय अध्यक्ष नबीह बेरीसँग उक्त योजना बारे छलफल गरेको बताएका छन् ।

कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गने बताउँदै उनले ६० दिनको युद्धविराम पछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुनः तैनाथ गर्ने बताएका छन् ।

लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा तीन हजार ५१० भन्दा बढी मानिसको मृत्यु भएको तथा सेप्टेम्बरको अन्त्यदेखि सबैभन्दा बढी मृत्यु भएको बताएका छन् ।– रासस, एएफपी

प्रतिक्रिया