न्युयोर्क । ५० हजार उत्तर कोरियाली सेना रुसमा रहेको तथा उत्तर कोरियाली सेनाकै प्रयोग गरेर युक्रेनको कस्र्क क्षेत्रमा आक्रमण गर्ने रुसी नीति भएको सूचनापछि अमेरिकामै मतभेद भएको छ । सो सूचनापछि वर्तमान राष्ट्रपति जो बाइडेनले रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका छन् । मस्कोको साथ दिनका लागि उत्तर कोरियाली सेना त्यँहा पुगे पछि यो सन्देश दिइएको अमेरिकी सेना निकट श्रोतले जनाएको हो । दक्षिणी रुसी क्षेत्र र्कस्कमा अहिले ५०,००० उत्तर कोरियाली सेना रहेको अनुमान गरिएको छ । सोही स्थानमा गत वर्ष युक्रेनले प्रत्याक्रमण स्वरुप आक्रमण सुरु गरेको थियो । अहिले प्रत्येक दिन १२०० देखि १५०० उत्तर कोसरयाली सेनाले रुसी सेनालाई पालो दिइ रहेको जनाइएको छ ।
कसर््क क्षेत्र कुनै पनि समय आफूले गुमाउन सक्ने सम्भवना देखे पछि जेलेन्सकीले यसलाई जोगाउन ३ लामो दुरीको मिसाइल प्रहारको अनुमति मागेका हुन् यसका बाबजुद सो क्षेत्र जोगिने कुराको कुनै ग्यारेन्टी भने छैन । स्टडी अफ वारले जनाए अनुसार अहिले थुप्रै रुसी जेट त्यसै क्षेत्रमा लक्षित गरिएका छन् । थुप्रै सेना पनि त्यस क्षेत्र नियन्त्रणमा लिनका लागि रुसले प्रयोग गरिएका छन् । यो मिसाइल प्रयोग गर्न पाएमा फ्रान्ट लाइनमा केही सहज हुने तथा नयाँ निती बन्न सक्ने अनु्मान युक्रेनको छ ।
यस घटनाले अमेरिकी मतमा विभाजन आएको हो । रुसले प्रतिक्रिया जनाउदै बाइडेनले आगोमा तेल थपेको आरोप लगाएको छ । रुसी राष्टपति भ्लाडिमिर पुटिनका प्रवक्ता डिमिट्रि पेस्कोभले बाइडेनको प्रतिक्रियालाई गम्भ्रितापूर्वक लिएको बताउदै यदी युक्रेनले लामो दुरीको मिसाइल प्रयोग गरेमा यो युद्ध नै नयाँ गतिमा जाने तथा युद्धमा अमेरिकी संलग्न्ता रहेको कुरा बुझ्नु पर्ने जनाएको छ ।
अमेरिकामा भने फरक मत देखिएको छ । २० जनवरीमा पदभार ग्रहण गर्ने डोनाल्ड ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् । परन्तु ट्रम्पको कोर टिमको मत भने विभाजित देखिएको छ । डोनाल्डका छोरा ट्रम्प जुनियरले भने सामाजिक सञ्जाल मार्फत आफ्नो बाबु शान्तीको पक्षमा रहे पनि अहिलेको सैन्य गतिविधी तेस्रो विश्व् युद्ध उन्मुख रहेको कुरा उल्लेख गरेका छन् । उपराष्ट्रपतिमा निर्वाचित जेडी भानँस लगायतले अमेरिकाले अब युक्रेनलाई सैन्य सहयोग राक्नु पर्ने मत राखि रहेका छन् । ट्रम्पबाट राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाज्ले रुसलाई वार्ताका लागि दवाव दिनकै लागि अमेरिकाले युक्रेनलाई अझ धेरै सहयोग गर्नु पर्ने मत राखेका छन् ।
अहिले चर्चा गरिएको मिसाइलले १ हजार मिलोमिटरसम्म असर गर्न सक्ने जनाइएको छ । अमेरिकाले सहयोग गरेको सो मिसाइल नपुगेमा फ्रान्सले समेत सहयोग गर्न सक्ने अनुमान समेत गरिएको छ । अमेरिकाले युक्रेनलाई सो अनुमती दिएकै रातमा रुसले गरेको आक्रमणमा ११ युक्रेनीको ज्याना जानुको साथै ६३ जना घाइते भएका छन् ।
भविश्यमा हुने आन्ती वार्तालाई ध्यानमा राख्दै रुस र्कस्क क्षेत्र रुस आफुनो पकडमा राख्न चाहन्छ । अमेरका सो क्षेत्र रुसमा पुगेको ठिक ठान्दैन र तसर्थ सम्भव भएसम्म र्कस्कलाई जोगाउन अमेरकाले सहयोग गर्नै खोजेको हो । अमेरिकाको यो सन्देश आर्मी टेक्टिकल मिसाइल सिस्टम प्रयोग गर्नका लागि हो । अहिले युक्रेनलाई सहयोग गर्ने सवालमा अमेरिकीहरुकै मत विभाजित छ । केही अमेरिकी निरन्तर सहयोगको पक्षमा छन् भने कोही यसरी सहयोग जारी राख्न आवस्यक नरहेको भन्ने ठहर गर्नै थालिसकेका छन् ।
बाइडेनले यो मिसाइल फेबु्रअरी महिनामा तयार पारी सकेका थिए । अप्रिल महिनामा यो युक्रेनलाई हस्तान्तरण गरिएको हो । जेलेन्सकीले पहिले देखि ने युद्धमा एउटा मोमेन्टमकै लागि पनि सो हतियार रुसी भुमिका प्रयोग गर्न अन्ुमती खोजिरहेका थिए । श्रोतका अनुसार सेप्टम्बर महिनामा बाइडेन र जेलेन्सकीको बिचमा भेट भएको थियो । सोह् िभेटमा जेलेन्सकीले रुसमा आक्रमण गर्न चाहेको कुरा तथा युद्धको अवस्थाका बारे विस्तृत कुराको जानकारी गराएका थिए ।
केही दिन यता जेलेन्सकी र बाइडेनको बिचमा वतएमान अवस्थाका बारे धेरै सल्लाह भएका छन् । सेप्टम्बर महिनामा नै पश्चिमा देशले घातक हतियार प्रयोग गरे आफूहरुले आणविक हतियार प्रयोग गर्ने चेतावनी रुसले पनि दिइसकेको छ । बेलायत र अमेरिकाले संयुक्त रुपमा रुसमा मिसाइल प्रयोग गर्न अनुमति दिने सम्भावना देखिए पछि रुसले यो चेतावनी दिएको हो ।
प्रतिक्रिया