‘तिम्रो जस्तो हैसियत’मा प्रतिक्षाको गेटअप (भिडियाे)

काठमाडौं । मुयुजिक भिडियोकी मोडल प्रतिक्षा काफ्लेले अभिनय गरेको गीतको भिडियो ‘तिम्रो जस्तो हैसियत’ बजारमा आएको छ ।

दर्जनौँ म्युजिक भिडियो र्याम्प टिभीसी केही टेली चलचित्रहरुमा समेत अभिनय गरिसकेकी काफ्लेले यस गीतको भिडियोमा माया प्रेममा आउने विभिन्न परिस्थितिहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको बताइन् । प्रमोद खरेलको आवाजमा रहेको उक्त गीतमा प्रति़क्षा काफ्ले, भद्र वली लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यसैगरी भागिराम केसीको शब्द, भद्र वलीको एरेन्ज संगीत तथा निर्देशन कुमार रानाको मिक्सिङ छ । नरेश ऐयरको छायांकन र मीन रावलको सम्पादन रहेको गीतको भिडियो भद्र वली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया