ठगिए नायिका पटानीका पिता

मुम्बई । बलिउड अभिनेत्री दिशा पटानीका पिता तथा सेवानिवृत्त प्रहरी अधिकृत जगदीश पटानी ठुलो ठगीको सिकार भएका छन् । सरकारी आयोगमा उच्च पद दिने नाममा दिशाका बुबासँग २५ लाख ठगी गरेका हुन् । जगदीश पटनीले शुक्रबार साँझ बरेली कोतवाली थानामा ठगीको आरोपमा एफआईआर दर्ता गरेका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

यस सम्पूर्ण विषयमा कोतवाली प्रहरीचौकी इन्चार्ज डिके शर्माले भने, ‘शिवेन्द्रप्रताप सिंह, दिवाकर गर्ग, जुना अखाडाका आचार्य जयप्रकाश, प्रीति गर्ग र एक अज्ञात व्यक्तिविरुद्ध ठगी, आपराधिक धम्की र जबर्जस्ती रकम असुलीको मुद्दा दर्ता गरिएको छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्ने प्रयास भइरहेको छ ।’

दिशा पटनीका बुबा जगदीश पटनी आफ्नो परिवारसँग बरेलीको सिभिल लाइन्समा बस्छन् । उजुरीका अनुसार आरोपित शिवेन्द्र प्रताप सिंहलाई आफूले व्यक्तिगत रूपमा चिनेको उनको भनाइ छ । शिवेन्द्रले नै उनलाई दिवाकर गर्ग र आचार्य जयप्रकाशसँग परिचय गराए ।

अभियुक्तले आफ्नो धेरै बलियो राजनीतिक सम्बन्ध रहेको दाबी गरेको उजुरीमा थप भनिएको छ । उनले जगदीश पटनीलाई सरकारी आयोगमा अध्यक्ष, उपाध्यक्ष वा यस्तै प्रतिष्ठित पद पाउने आश्वासन दिएका थिए । जगदीशको विश्वास जितेपछि ५ जनाको समूहले उनीबाट २५ लाख रुपैयाँ लिएको थियो, जसमध्ये ५ लाख नगद र २० लाख रुपैयाँ ३ फरक बैंक खातामा ट्रान्सफर भएको थियो ।

३ महिनासम्म कुनै प्रक्रिया नहुँदा अभियुक्तले ब्याजसहित रकम फिर्ता गर्ने वाचा गरेका थिए । जगदीशले पैसा फिर्ता मागेपछि उनीहरूलाई धम्की दिन थालेको र आक्रामक व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

पटानी भारतीय सिने जगतमा लामो समयदेखि सक्रिय व्यक्ति हुन् । उनले पहिलोपटक सन् २०१५ मा तलेगु फिल्म लोफरमा सहभागिता जनाएकी थिइन् । भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको बायोपिक ‘द अनसोल्ड स्टोरी’ उनको पहिलो भारतीय चलचित्र हो । त्यसै चलचित्रले उनलाई चर्चाको शिखरमा लगेको थियो ।

चिनिया एक्सन कङफु योगापछि उनी बागी २, भारत, मालाङ, कल्की २८९८ एडी, र कञ्जुवामा आफूलाई सक्रिय राखेकी थिइन् । सनु २०१९ मा फोब्र्स इन्डियाको शीर्ष १०० भारतीय सेलिब्रेटीको सूचीमा समेत उनी समावेश थिइन् ।

उनलाई माथिल्लो उचाइ दिने द अनसोल्ड स्टोरीमा उनी कार दुर्घटनामा ज्यान गुमाएकी भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको कप्तानको प्रेमिकाको भूमिका निभाएकी थिइन् । १८औँ आइएफएए अवार्डमा उनले डेब्यु स्टारको उपाधिसमेत जितेकी थिइन् । बीचमा कमर्सियल र शुभबद्ध फिल्ममा धेरै सक्रिय रहेकी पटानी एक्सन ड्रामा फिल्म भारतमा आवद्ध भएकी हुन् । सो फिल्ममा उनको साथमा सलमान खान र कट्रिना कैफ थिए । एक्सन थ्रिलर ‘मलाङ’बाट उनको नयाँ जीवनको सुरुआत भएको ठहर पनि धेरैको छ । सो फिल्ममा आदित्य राय कपुर, अनिल कपुर र कुनाल खेमुको भूमिका छ ।

सन् २०२१ मा प्रभु देवाको राधेमा उनको अभिनय थियो । कोभिड महामारीको कारण सो फिल्म निर्धारित समयमा प्रदर्शन हुन सकेन । सोही कारण फिल्मको प्रदर्शन निर्धारित मितिमा पनि हुन सकेको थिएन । ओटिटीमा सो फिल्म प्रदर्शन भए पनि समीक्षकको नजरमा सकारात्मक प्रतिक्रिया पाउन असफल बनेको थियो ।

सन् २०२२ मा मोहित सुरीको साइकोलोजिकल थ्रिलर ‘एक भिलियन रिर्टन्स’ उनले अभिनय गरे पनि यसले खासै प्रभाव राख्न सकेन । लामो समय ओरालो लागेको उनको यात्रा प्रभाससँगको ‘कल्की २८९८’ बाट उठ्ने अपेक्षा गरिएको हो ।

प्रतिक्रिया