न्युयोर्क । भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड ट्रम्पले स्वास्थ्य मन्त्री चयन गरे । ट्रम्पबाट जारी विज्ञप्तिमा हानिकारक विषादी, प्रदूषण तथा गलत खाद्य प्रशोधनबाट जोगाउने महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताइएको छ ।
केनेडीले अमेरिकालाई स्वास्थ्य मानिसहरूको देशको रूपमा स्थापित गराउनु आफ्नो दायित्व भएको बताएका छन् । गत साता राष्ट्रपति पदमा निर्वाचित भए यता ट्रम्पले आफ्नो मुख्य टिम चयन गरिरहेका छन् ।
यसै क्रममा मार्को रुबियोलाई विदेश मन्त्रीको महत्वपूर्ण जिम्मेवारी सुम्पिएका उनले तुलसी गाबार्डलाई राष्ट्रिय गुप्तचरको निर्देशकका चयन गरेका छन् ।
ट्रम्पले मनोनयन गर्ने महत्वपूर्ण जिम्मेवारीसमेत सकिएको छ । विगतमा डेमोक्र्याट पार्टीमा झुकाव राख्ने गावार्डले यसपटकको निर्वाचनमा ट्रम्पलाई साथ दिएकी थिइन् । ट्रम्पले भेट्रान अफेयर्सका लागि जर्जियाका काँग्रेस सदस्य डाउग कोलिन्सलाई चयन गरे । कोलिन्स विगतमा अमेरिकी हवाई सेनामा रहेर इराकमा काम गरेका थिए ।
महान्यायाधिवक्ता चयन गरिएका म्याक गायट्जको हकमा भने सुरुआतमै आलोचना भएको छ । गायट्जलाई यौन दुव्र्यवहार र अवैध औषधिको प्रयोगको आरोप लागेको थियो ।
यसै गरी ट्रम्पले डिन जोन सियोरलाई सर्वोच्च अदालतको सबैभन्दा ठुलो अधिवक्ताको रूपमा चयन गरेका छन् । यसअघि उनी मिसाउरीको सरकारी वकिलको कार्यालयमा कार्यरत थिए । उनले यस वर्षको सुरुआतमा नै ट्रम्पको मुद्दा हेरेका थिए । न्यूयोर्कको सिभिल फ्रड केसको वकालत पनि ट्रम्पको तर्फबाट उनले नै गरेका थिए ।
ट्रम्पले रकम लुकाएको आरोपमा उनीमाथि लागेको मुद्दामा वकालत गरेका टड ब्लान्चलाई उपमहान्यायाधिवक्ता चयन गरेका छन् । न्युयोर्कमा यस वर्षको सुरुआतमा भएको ट्रम्प विरुद्धको सुनुवाइमा उनले नै वकालत गरेका थिए ।
युएस सेक्युरिटिज तथा एक्सचेन्ज कमिसनका लागि ट्रम्पले जाय क्लायटनलाई चयन गरेका छन् ।
निर्वाचानमा जित हात पारेपछि ट्रम्पले लगातार आफ्ना सहयात्री चयन गरिसकेका छन् । पूर्व इमिग्रेसन तथा कस्टम (आइसिई) निर्देशक टम होम्यनालाई सीमाको जिम्मा यसअघि नै दिइसकिएको छ । पूर्व विधायक जी जेल्डिनलाई युएस इन्भारमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिएका छन् । जेल्डिनले पनि यसलाई स्वीकार गरिसकेका छन् ।
अमेरिकाका लागि उत्कृष्ट ४ वर्षको समयमा निर्माण गर्न ह्वाइट हाउसमा राष्ट्रपतिलाई साथ दिन आफू तयार भएको उनले बताए । जेल्डिनले सफा पानी र हावाका लागि ट्रम्प सधैँ सचेत रहने व्यक्ति भएको बताएका छन् ।
एलाइस स्टेफानिकलाई राष्ट्र संघका लागि अमेरिकी दूतमा चयन गरेका छन् । उनका शीर्ष आप्रवासी सल्लाहकार स्टेफन मिलरलाई ह्वाइट हाउसको कार्यकारी चिफ अफ स्टाफ चयन गर्ने सम्भावना छ । यसैगरी ट्रम्पले फ्लोरिडाका रिपब्लिक विधायक माइम वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि प्रस्ताव गरेका छन् । यी धेरै पदमा नियुक्त गर्दैगर्दा ट्रम्पका लागि महान्यायाधिवक्ता चयन चिन्ता र चुनौतीका विषय बनेको थियो ।
आप्रवासीका बारे ठोस निर्णय गर्न तथा उनका विरोधीसँग कानुनी लडाइँ लड्न यी दुवै विषयमा महान्यायाधिवक्ताको भूमिका जरुरी मानिन्छ । पहिलो कार्यकालमा ट्रम्पले महान्यायाधिवक्ता मात्र होइन गुप्तचर विभाग (एफबिआई)का प्रमुखलाई समेत बर्खास्त गरेका थिए । गएको निर्वाचनमा पराजयको सामना गरेपछि ६ जनवरीमा ट्रम्पले गरेको कामपछि उनलाई कानुनी साथ दिँदै आएका ज्यम स्मिथलाई यसपटक महत्वपूर्ण जिम्मेवारी दिइने सम्भावना प्रवल मानिएको थियो । तथापि यस निर्वाचन अभियानमा विभिन्न समयमा अस्वभाविक व्यक्तिहरूले ट्रम्पलाई साथ दिएका थिए । केही पूर्व डेमोक्र्याट नेता, यसअघि नै राष्ट्रपतिको प्रत्यासी बनिसकेका व्यक्ति तथा बिलिनिर एलन मस्क सम्मले ट्रम्पलाई साथ दिएका थिए । सन् २०२० मा निर्वाचनामा पराजिभ भोगेपछि सन् २०२१ को समयसम्ममा त ट्रम्प अत्यन्त अलोकप्रिय थिए । यस तीव्र वर्षको कठिन समयमा पनि साथ दिँदै ह्वाइट हाउसमा पुनरागमन गराउने महत्वपूर्ण हातहरूकै सहयोगमा प्रशासन लाउने ट्रम्पको सोच प्रष्ट भइसकेको छ । यसै अन्तर्गतमा २ अनुहार तुलसी गाबार्ड र केनेडी पनि हुन् ।
लामो समय डेमोत्र्mयाट पृष्ठभूमि त्यागेर सञ्चार माध्यममा सक्रिय तुलसी गाबार्डले ट्रम्पलाई साथ दिएपछि निर्वाचन अभियानमा नै रिपब्लिकमा नयाँ उत्साह थपिएको थियो । एकैपटक, पुराना डेमोक्र्याट राजनीतिज्ञ तथा इन्डिपेन्डेन्ट उम्मेद्वार जुनियर रोबर्ट केनेडीसमेत आफ्नो उम्मेद्वारी त्याग्दै ट्रम्पको प्रचारमा लागेका थिए ।
यो घटनाले धेरैलाई आश्चर्यमा पारेको थियो । निर्वाचनभन्दा २ महिनाअघि उनीहरूले सो निर्णय गरेर संसारलाई आश्चर्यमा पारेको दिन पोलिङले दिनप्रतिदिन कमला ह्यारिसको पक्षमा माहौल बन्दै गएको देखिएको थियो । त्यसै समयमा समयमा धेरै भोट स्विङ हुने स्थानमै भएको कार्यक्रममा यी २ लाई उपस्थित गराउन ट्रम्प सफल भएका थिए ।
वरिष्ठ नेतृ तुलसी गाबार्डले रिपब्लिक पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सरिक हुने निर्णय गरेपछि ४३ वर्षीय उनलाई ट्रम्पले मिचिगनको अत्यधिक मत स्विङ हुने डेट्रोयटमा भएको कार्यक्रममा स्वागत गरेका थिए ।
गाबार्ड सन् २०२० मा राष्ट्रपति पदका लागि आकाक्षी थिइन् । जो बाइडेनले त्यस समयमा उनलाई पछि पार्दै उम्मेद्वारीको अवसर पाएका हुन् । त्यसपछि नै उनी पार्टी राजनीतिबाट टाढा भएकी थिइन् । सन् २०२२ मा डेमोक्र्याट पार्टी त्यागेकी उनी फक्स न्युजमा अतिथि विश्लेषकको रूपमा सक्रिय थिइन् ।
त्यसैदिन २ नयाँ आगन्तुकलाई ट्रम्पले महत्वपूर्ण जिम्मेवारीको घोषणासमेत गरेका थिए । ट्रम्प अभियानले गाबार्ड र केनेडी सरकारको रूपान्तरण टोलीमा रहने तथा उनीहरूको साथमा ट्रम्पका छोरासमेत रहने त्यसै समयमा जनाएको थियो ।
सोही समयको सल्लाहअनुसार अन्य धेरै नियुक्ती र प्रशासनिक काममासमेत गाबार्ड र केनेडीको भूमिका छ । ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रेन हग्सले त्यसैदिन यी २ को उपस्थितिले नै बाइडेन प्रशासन अलोकप्रिय रहेको पुष्टि गरेको जनाएको थियो ।
गाबार्डले सन् २०१३ देखि २१ सम्म हवाईबाट संसद्मा प्रतिनिधित्व गरिसकेकी छन् । ३ वर्षअघि अफगानिस्तानमा ट्रम्पका कर्मचारी मारिदा सहानुभूतिका लागि पुगेकी उनले अहिले आफूलाई तीनै ट्रम्पको पक्षमा रहेको प्रस्ट पारेकी छिन् । त्यस समयमा हमिद काजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती हमलामा १३ अमेरिकी तथा १०० भन्दा बढी अफगान मारिएका थिए । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको तथा तालीवानले सत्ता लिइरहेको समयमा सो घटना भएको थियो ।
काँग्रेसमा रहँदा उनले बारम्बार सैन्य हस्तक्षेपको विरुद्धमा आवाज उठाएकी थिइन् । मिचिगनमा सोमबार भएको कार्यक्रममा बोल्दै उनले अमेरिकालाई जोगाउनका लागि डेमोक्र्याट, रिपब्लिक र इन्डिपेन्डेन्स सबैले ट्रम्पलाई मतदान गर्न आह्वान गरेकी थिइन् । १ दशक डेमोक्र्याट पार्टीमै उनले प्रगतिशील वामपन्थको वकालत गरेकी थिइन् ।
उनी अमेरिकी कांग्रेसको पहिलो हिन्दू सदस्यसमेत हुन् । उनी डेमोक्र्याट राष्ट्रिय समितिको उपप्रमुखसमेत थिइन् । सन् २०१६ मा उनले सिनेटर बेराइन सान्डर्सको पक्षमा लबिङ गरेकी थिइन् । सो निर्वाचनमा हिलारी क्लिन्टनले सान्डर्सलाई पछि पार्दै डेमोक्र्याटको तर्फबाट उम्मेद्वारीको अवसर पाएकी थिइन् । धेरै अघिदेखि गाबार्डले समलिंगी अधिकार गर्भपतनको विषयमा लगातार बहस गरिरहेकी थिइन् । तिनै गाबार्ड २०२४ को सुरुआतदेखि नै ट्रम्पको पक्षमा बोलीरहेकी थिइन् ।
ट्रम्पलाई साथ दिने घोषणा गरेका र अहिले महत्वपूर्ण जिम्मेवारी पाएका केनेडी भने इन्डिपेन्डेट राष्ट्रपतिको उम्मेद्वार त्याग गर्दै ट्रम्प अभियानमा समाहित भएका थिए । यी नयाँ आगन्तुक गत वर्ष ट्रम्पका सहयोगीबाट आलोचनाको सिकारसमेत भएका थिए । ६ महिनाअघि मात्र ट्रम्पले केनेडीलाई उग्र वामपन्थी पागलको संज्ञा दिएका थिए ।
उनले डेमोक्र्याटको तर्फबाट दाबी गरिरहेका जो कोही उनीभन्दा लचक भएको प्रतिक्रिया दिएका थिए । ट्रम्प अभियानमा पछिल्लो समय सरिक उनी हरित वातावरणको अभियन्ताको रूपमा समेत परिचित छन् ।
उनी स्वास्थ्य मन्त्री हुने बित्तिकै सेयर बजारमा भ्याक्सिनको मूल्यमा गिरावट आएको छ । ट्रम्पका निर्णयहरू विवादमा पर्ने सम्भावना भने प्रबल छ । मार्क गियट्जको हकमा पनि संसद्मा नै रिपब्लिकहरूले विवाद गर्ने सम्भावना प्रबल छ । यसले निम्त्याउने कानुनी व्यवधान त आफ्नो ठाउँमा छँदै छ ।
२० जनवरीमा राष्ट्रपति पदमा आसिन हुने ट्रम्पले आफ्नो कोर टिम लगभग पूरा गरेका छन् । यस कोर टिममा जतिसुकै विवादमा बाबजुद उनले आफूलाई शक्तिमा पुनस्र्थापित गर्न सहयोग गर्नेलाई भने छाड्ेनन् ।
प्रतिक्रिया