काठमाडौंँ । ‘ग्ल्याम नेपाल इन्टरनेसनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । शनिबार होटल हिमालयनमा आयोजना भएको मोडल छनोट अडिसनबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिएका हुन् । अडिसनमा मेल र फिमेल गरेर २०० बढीले अडिसन दिएका थिए । छनौट भएका मोडलको नामावली केही समयपछि सार्वजनिक गर्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले बताए ।
छनौट चरणको निर्णायकमा डा.उदीप श्रेष्ठ (सिइयो संस्थापक हेल्दी च्वाइस एस्थेटिक्स अस्पताल), युवराज श्रेष्ठ (अध्यक्ष प्लाजा समूह), सुस्मा कार्की (संस्थापक केक्षुस्कालोजी)रमिला नेमकुम (संस्थापक कासा), दीपक ज्ञवाली (संस्थापक ग्ल्याम नेपाल इन्टरनेसनल) रहेका थिए ।
हेल्दी च्वाइस प्रयोजक रहेको फेसन सो ‘ग्ल्याम नेपाल इन्टरनेसनल २०२४’ आगामी १४ डिसेम्बरमा होटल याक एन्ड यतिमा आयोजना हँुदै छ । ३ सिजन भब्य रूपमा सम्पन्न भइसकेको ‘ग्ल्याम नेपाल इन्टरनेसनल’को यो चौथो सिजन हो । सोमा सोटपरको रूपमा सहभागी हुन बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला पनि नेपाल आउनेछिन् ।
सोमा सहभागी मोडलहरूमा फिमेलका लागि ५ दशमलव ४ फिट र मेलका लागि ५ दशमलव १० फिट हाइट माथि हुनुपर्ने प्रावधान आयोजकको रहेको थियो । सोमा नेपालका उत्कृष्ट डिजाइनरहरूले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरू फेसन सोमा विभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन सो आयोजना गर्न लागिएको हो ।
कलाकार, व्यवसायीलगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहने सोका उत्कृष्ट मोडल तथा डिजाइनरले अस्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेसनलमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया