विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दसौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । तत्कालीन ५ वटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरू एकीकृत भएको दिनलाई स्थापना दिवसका रूपमा मनाइएको हो ।
विराटनगरस्थित सञ्चालन तथा सुपरीवेक्षण कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका ४२ वटा शाखा कार्यालयबाट छनोट गरिएका ४८ जना उत्कृष्ट महिला सदस्यहरूलाई पुरस्कृत गरियो । उनीहरूलाई जनही १० हजार रुपैयाँका दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको छ ।
झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुरका विभिन्न स्थानबाट आएका सदस्य तथा अभिभावकलाई बरगाछीस्थित कञ्चनजंघा ब्यांक्वेटमा वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षकद्वय मोतीराम अधिकारी र कुमारबहादुर सिंहले यस विषयमा विशेष कक्षा सञ्चालन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा संस्थामा २५ वर्ष अनवरत सेवा पु¥याएका ६४ जना कर्मचारीलाई दीर्घ सेवा पदक र कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता सञ्चालन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख कुमारबहादुर सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा विभागीय प्रमुख मोतीराम अधिकारी उपस्थित थिए । प्रबन्धक गोविन्दप्रसाद ढुंगेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सहायक अधिकृत युवराज भट्टराईले गरेका थिए । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै महिला सशक्तीकरणमा योगदान पु¥याउने संस्थाको प्रतिबद्धता छ ।
प्रतिक्रिया