काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई ओटिटी प्लेटफर्ममा झन्डै २० हजार दर्शकले हेरेका छन् । रिलिज भएको १० दिनमा फिल्मलाई १९ हजारभन्दा धेरै पटक हेरिएको हो । निर्माता एवं अभिनेता निश्चल बस्नेतले यसबारे जानकारी दिएका हुन् । उनले फेसबुकमार्फत सबै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।
स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म असोज १७ गते हलमा रिलिज भएको थियो । फिल्मले २ सातामा ४ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको थियो । फिल्म राम्रो चलिरहँदा पनि हलले उचित शो नदिएको भन्दै तेस्रो साताबाट फिल्मलाई हलबाट उतारेर एमएसएम भिडिओ नामक ओटिटी प्लेटफर्ममा रिलिज गरिएको थियो ।
दर्शकले निश्चित शुल्क तिरेर ओटिटीमा यो फिल्म हेरिरहेका छन् । ‘बेहुली फ्रम मेघौली’ सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् ।
प्रतिक्रिया