काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचेका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लक्ष्मीपूजाको दिन प्रचण्ड निवासमै पुगेर देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो ।
बिहीबार दिउँसो कलाकारहरूले प्रचण्डलाई सम्बोधन गर्दै देउसी भट्याएका थिए । कलाकार मन्जु पौडेल, राधिका हमाल, आयुषा गौतम लगायतसँग प्रचण्ड केहिबेर नाँचेकाे हुन् ।
देउसी खेलेसँगै प्रचण्डले आफू शान्ति सम्झौतामा आएदेखि नै कला संस्कृतिलाई पहिलेदेखि नै जोगाउँदै आएको र जोगाउनुपर्ने आवाज उठाउँदै आएको बताए ।
उनले सम्पूर्ण कलाकार सञ्चारकर्मीदेखि सबैले नेपालको कला संस्कृतिलाई यसरी नै जोगाउनुपर्ने धारणा राखे ।
आज अन्य थुप्रै नेता तथा कलाकारको घरमा पनि देउसीको कार्यक्रम आयोजना गरिएको राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका प्रचारप्रसार विभाग प्रमुख गोपीकृष्ण चापागाईंले बताए ।
संस्थाका निवर्तमान अध्यक्ष हरि बल्लभ नेपालले विस २०६५ सालदेखि नै लोक सञ्चारकर्मी नेपालले मौलिक कला संस्कृतिका बिषयमा यसरी नै आवाज उठाउँदै आएको बताए ।
प्रतिक्रिया