काठमाडौँ । गायक प्रकाश दुतराजको गीत ‘रेशम’ करोड क्लबमा प्रवेश गरेको छ । दसैँको अवसरमा रिलिज गरिएको यस गीतलाई ३ सातामा करोड भ्युज मिलेको हो । सार्वजनिक गीतको भिडिओलाई युट्युबमा १ करोड १ लाख १९ हजारपटक हेरिएको छ ।
सार्वजनिक गीतमा प्रकाशसहित मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ । सार्वजनिक भएदेखि नै यस गीतले टिकटकदेखि रिल्समा चर्चा बटुलेको थियो ।
भेडागोठालाको प्रेमकथालाई दर्शकहरूले निकै मन पराएका छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडिओमा प्रकाशसहित विमला लिम्बुको अभिनय रहेको छ ।
प्रतिक्रिया