मुम्बई । अल्लु अर्जुन अभिनीत दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ बहुप्रतिक्षित फिल्म हो । फ्यानहरू यस फिल्मको व्यग्र प्रतिक्षामा छन् । फिल्म २० डिसेम्बरमा रिलिज हुँदै छ । यसैबीच, अल्लु अर्जुनको पारिश्रमिकबारे नयाँ खबर छ । उनले ‘पुष्पा २’ का लागि ३०० करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उनले थलापती विजयलाई पछाडि पारेका छन् । अब अल्लु अर्जुन देशकै सबैभन्दा धेरै पारिश्रमिक लिने स्टार बनेका छन् ।
ट्र्याक टलिउडको एक रिपोर्टमा उनको पारिश्रमिकबारे दाबी गरिएको हो । राष्ट्रिय अवार्ड विजेता कलाकारले पुष्पाको भूमिकाका लागि ३०० करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । फिल्मको पहिलो भाग सुपरहिट भएको थियो र कमाइको हिसाबले धेरै रेकर्ड बनाएको थियो ।
त्यस फिल्मको सफलतापछि अल्लु अर्जुनको स्टार भ्यालु मात्रै होइन पारिश्रमिक पनि बढेको छ । अहिले ‘पुष्पा–२’ को हाइप निकै बढेको छ । नेटफ्लिक्सले पनि यसको महँगो मूल्यमा यसको डिजिटल राइट खरिद गरिसकेको छ ।
रिपोर्टका अनुसार थलापति विजयले ‘थलापती ६९’ को लागि २७५ करोड भारतीय रुपैयाँ लिएका थिए । त्यसपछि उनी शाहरूख खानलाई पनि उछिन्दै भारतको सबैभन्दा धेरै कमाउने अभिनेता बने । अब अल्लु अर्जुनले थलापतिको रेकर्ड तोडेका छन् । उनलाई हराउँदै ‘पुष्पा’ स्टार देशकै सर्वाधिक पारिश्रमिक लिने कलाकार बनेका हुन् ।
सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लुअर्जुनसहित रश्मिका मन्डानाको मुख्य भूमिका छ । फिल्ममा फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ । नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।
प्रतिक्रिया