काठमाडौं । नेपालको इतिहासमा विशेष महत्वपूर्ण रहेको मूलतः नेकपा माओवादी सशस्त्र द्वन्द्वको विषयमा केन्द्रित कष्टकर जीवनशैलि र तत्कालीन अवस्थाका मायाँप्रेमलाई चित्रण गरिएको ‘मेरो भाग्यमा नलेखेको मान्छे’ बोलको म्युजिक भिडियो प्रियसी म्युजिक प्रालिले सार्वजनिक गरेको छ ।
यसमा प्रमोद खरेलको स्वर, रोशन सिंहको शब्द तथा संगीत रहेको छ । उक्त गीत राजेन्द्र पुरी र एला पुरीको एल्बममा समावेश छ ।
बबिता श्रेष्ठको निर्देशन रहेको भिडियोमा बिक्रम बुढाथोकी, ललन चिमोरिया, दिपेन्द्रराज गीरी, निर्मल भण्डारी, राजेन्द्र हुमगाईं, युवराज हुमगाईं, करिष्मा थापाको अभिनय रहेको छ भने राजेन्द्र पुरीले निर्माण गरेको भिडियोको सम्पादन कल्पेश बिश्वकर्मा र उत्तम हुमगाईंले खिचेका हुन् ।
प्रतिक्रिया