काठमाडौँ । भारतको जयपुरमा ६ अक्टोबरमा भएको ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ड्याज्लिङ डिभा’ अवार्ड जितेकी छन् । २१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले सो विधागत उपाधि पोल्टामा पारेकी हुन् । सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो । रौतहटकी सबी १८ वर्षकी छन् ।
प्रतियोगितामा जानुअघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ कि विजेता पिङकी तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए । सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन ।
परिवर्तन इभेन्ट हाउसकी नेसनल डिरेक्टर सोनिया जिआरका अनुसार यो प्रतियोगिता १ सातासम्म चलेको थियो । सबीले शीर्ष उपाधि नजिते पनि विधागततर्फको उपाधि जित्न पाउँदा खुसी व्यक्त गरिन् ।
प्रतिक्रिया