मुगु । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही आफ्नो गृह जिल्ला मुगु आईपुगेका छ्न् । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मन्त्री शाही मुगु आईपुगेका हुन ।
मन्त्री शाही मन्त्री भएपछि पहिलो पटक मुगु आएका हुन् । मुगु पुगेलगत्तै पहिलो सम्झना र सम्मान मुगु र मुगाली मतदाता गरेको उनले बताए । मुगु पुगेर मन्त्री शाहीले मुगाली मतदाता राजनीतिक दल मुगुका धार्मिक तिर्थ स्थल सबैलाई सम्झिएका छन् ।
मन्त्री भएसँगै मुगुको सम्मान भएको र त्यसमा गौरवको भएको मन्त्री शाहिले बताए । प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने शाही एकमात्र व्यक्ति हुन् ।
मुगु जिल्लाले २७ वर्षपछि संघीय सरकारमा मन्त्री पाएको छ। केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका सांसद ऐनबहादुर शाही ठकुरी वन तथा वातावरणमन्त्री बने पछि पहिलो पटक गृह जिल्ला मुगु आईपुगेका मन्त्री शाहिको सचिवालयले जनाएको छ ।
मुगुबाट प्रतिनिधिसभा सदस्य निर्वाचित मन्त्री शाही नेपाली कांग्रेसको मुगु जिल्ला सभापतिसमेत रहेका छ्न ।
मुगु
प्रतिक्रिया