काठमाडौँ । साउदी अरब र माल्दिभ्समा पहिलोपटक नेपाली फिल्म प्रदर्शनमा आएका छन् । बिहिबारदेखि यी दुवै देशमा ‘छक्कापञ्जा–५’ रिलिज भएसँगै अन्तर्राष्ट्रिय बजारको ढोका खुलेको छ । साउदीका १० हलमा यो फिल्म रिलिज भएको हो । जुबेलस्थित मूभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मूभी र भक्स सिनेमाज, रियादस्थित मूभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, सलाम मलको मूभी सिनेमाज र धरहानको मूभी सिनेमाजमा फिल्म प्रदर्शनमा आएको छ ।
साथै यो फिल्म नेपाली कामदारको ठूलो उपस्थिति रहेको मध्यपूर्वको साउदीसहित मध्यपूर्वका ५० हलमा रिलिज भएको छ । कतार, युएई, ओमान र बहराइनमा पनि फिल्म चलिसकेको छ । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्सका २ हलमा पनि पहिलोपटक नेपाली फिल्म लागेको छ । यी २ देशमा नेप–फिल्म्सका रमेश ढकालले फिल्म प्रदर्शनमा ल्याएका हुन् । चाँडै मलेसियामा पनि रिलिज गरिनेछ ।
दीपाश्री निरौला निर्देशित यस फिल्मा दीपकराज गिरी, वर्षा शिवाकोटी र केदार घिमिरेको मुख्य भूमिकामा छन् । यस फिल्मले नेपालमा १० करोड बढीको व्यापार गरिसकेको छ । साथै अस्ट्रेलिया, अमेरिका र जापान लगायतका देशमा पनि राम्रो व्यापार गरिरहेको छ ।
प्रतिक्रिया