‘सुनैको दरबार’को दोस्रो भाग सार्वजनिक

काठमाडौँ । चर्चित गीत ‘चाहिँदैन तिमी बिनाको सुनैको दरबार’ को दोस्रो भाग सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । क्षितिज सापकोटा युट्युब अकाउन्डमार्फत सार्वजनिक गीतमा सापकोटाकै शब्द रहेको छ । दीपकराज विश्वकर्माको संगीत रहेको गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

रंगकर्मी नरेन भट्टराईको निर्देशनमा बनेको गीतको भिडिओमा विपिन कार्की र लुनिभा तुलाधरको अभिनय रहेको छ । जोडीको रूपमा विपिन र लुनिभाले निकै राम्रो काम गरेका छन् । नरेनले यसै गीतबाट निर्देशनमा डेब्यु गरेका हुन् । रंगकर्मी कृष्ण खड्काको कथामा तयार भएको भिडिओलाई प्रमोद कार्कीले खिँचेका हुन् । भिडिओमा निःसन्तान दम्पतीलाई समाजले गर्ने व्यवहार देखाइएको छ । दोस्रो भागलाई पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

यस गीतको पहिलो भागमा पनि प्रमोद र अस्मिताकै स्वर रहेको थियो । ३ वर्षअघि सार्वजनिक गीतलाई युट्युबमा डेढ करोड बढी पटक हेरिएको छ ।

प्रतिक्रिया