काठमाडौँ । यस वर्षको बडादसैँको दिन लगाइने टीकाको साइत ११ बजेर ३६ मिनेट जाँदा उत्तम रहेको छ । यस वर्ष भने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले नेपालबाहेक अन्य ३१ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
समितिले दिएको साइतअनुसार नेपालका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ छ । यसैगरी भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, अमेरिकाका विभिन्न राज्यहरू न्युयोर्कमा १२ अक्टोबर बिहान १०ः०१, फ्यांकफर्ट केन्टुकीमा १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकीमा १२ अक्टोबर बिहान ०९ः४५, टेक्सासमा १२ अक्टोबर बिहान १०ः०५, वासिंगटन डिसीमा ०९ः५५, क्यालिफोर्नियामा ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।
यसैगरी क्यानडाको टोरन्टोमा १२ अक्टोबर बिहान १०ः१५, र भ्यानकुभरमा १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्यसचिव पन्थीले बताए । जापानको टोकियोमा १३ अक्टोबर बिहान ११ः३५, अस्ट्रेलियाको सिड्नीमा १३ अक्टोबर बिहान ११ः२१, मेलबर्नमा १३ अक्टोबर ११ः२७, ब्रिसवेनमा १३ अक्टोबर बिहान ११ः२९ र क्याबेरामा १३ अक्टोबर बिहान ११ः१५ बजे उत्तम साइत छ । त्यस्तै न्युजिल्यान्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा.माधव भट्टराईले जानकारी दिए ।
त्यसैगरी पोर्चुगलमा १२ अक्टोबर बिहान १०ः२४ बजे लन्डनमा १२ अक्टोबर बिहान १०ः२१ बजे, फ्रान्समा १२ अक्टोबर बिहान १०ः२३ बजे, नर्वेमा १२ अक्टोबर बिहान १०ः१९ बजे मलेसियामा १२ अक्टोबर बिहान ११ः५७ बजे, युनाइटेड अरब इमिरेट्सको अबुधावीमा १२ अक्टोबर बिहान ११ः४५ बजे, कतारमा १२ अक्टोबर बिहान ११ः०५ बजे, थाइल्यान्डमा १२ अक्टोबर बिहान ११ः२१ बजे, दक्षिण कोरियामा १३ अक्टोबर बिहान ०९ः१५ बजे, इजरायलमा १२ अक्टोबर बिहान ०९ः१६ बजे, सिंगापुरमा १२ अक्टोबर बिहान ११ः४५ बजे, हङकङमा १३ अक्टोबर बिहान ११ः४३ बजे, साउदी अरेबियामा १२ अक्टोबर बिहान ११ः२३ बजे, म्यानमारमा १२ अक्टोबर बिहान ११ः२१ बजे, स्विट्जरल्यान्डमा १२ अक्टोबर बिहान ११ः५५ बजे र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम साइत रहेको समितिका सभापति भट्टराईले बताए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको संख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेर विजयादशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको पनि भट्टराईले बताए ।
प्रतिक्रिया